त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी

काठमाडाैं | साउन २०, २०८०

त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी तस्बिर फाइल

काठमाडौं:    त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ ।    
 

परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा धर्मकान्त बाँसकोटाले बताउनुभयो ।     


‘‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछ”, उपकुलपति डा बाँस्कोटाले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सांसद्को प्रश्नको जवाफ दिँदै भन्नुभयो, ‘‘अन्तर्राष्ट्रिय मान्यताअनुसार अङ्ग्रेजी भाषामा प्रश्न बनाउननै पर्ने हुन्छ, त्यसमा नेपाली भाषा थप्न सकिन्छ तर हरेक मातृभाषा पिच्छे प्रश्न सोध्न सकिँदैन ।” मुलुकका एक सय २३ मातृभाषा बोलिन्छन् ।     


हाल तीन लाख ४७ हजार दुई सय ६९ विद्यार्थी रहेको मुलुकको ठूलो उक्त विश्वविद्यालयमा एक हजार एक सय २४ सम्बन्धनप्राप्त र ६२ आङ्गिक क्याम्पस छन् । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्